एजेन्सी । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिनाले १८८९.०२ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो । दुई वर्षअघि कतारमा भएको फिफा विश्वकप जितेयता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायमै छ ।
फिफाको सेप्टेम्बर विन्डोमा चिलीलाई ३-० हराउँदा कोलम्बियासँग २-१ ले पराजित भएको थियो । वरीयताको दोस्रोदेखि १०औँ स्थानसम्म परिवर्तन भएको छ । नयाँ अद्यावधिक वरीयताअनुसार फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छन् ।
यस्तै, बेल्जियम छैटौँ, नेदरल्याण्ड्स सातौँ, पोर्चुगल आठौँ, कोलम्बिया नवौँ र इटाली १०औँ स्थानमा छन् । एसियाली वरीयतामा भने जापान शीर्ष स्थानमा छ । विश्व वरीयतामा भने जापान १६औँ स्थानमा छ ।
खस्कियो नेपालको वरीयता
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकाल्ने वरीयतामा नेपाल एक स्थान खस्किएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७५औँ स्थानमा थियो । फिफाको सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन । वरीयताको दक्षिण एसियाली क्षेत्रमा भने नेपाल तेस्रो स्थानमा छ ।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १२६औँ स्थानमा छ । भारत दुई स्थान घटुवामा परेको हो । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ । चौथो स्थानको भुटान १८४औँ स्थानमा, पाँचौँ स्थानको बंगलादेश १८६औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान १९७औँ स्थानमा र सातौँ स्थानको श्रीलंका २००औँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच