काठमाडौं । नौ पटककी टेबलटेनिस राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ प्रबन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रालिको आयोजनामा हुने स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग-सिजन २ का लागि सह-प्रायोजनसम्बन्धी सम्झौता शनिबार भएको छ ।
आयोजक एकेडेमी र तीन सह–प्रायोजकबीच सम्झौता भयो । आयोजक एकेडेमीकी प्रबन्ध निर्देशक श्रेष्ठ, समाजसेवी एवं अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी, मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशी र नेपाली घर होटल प्रालि, ठमेलका महाप्रबन्धक राजीव श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
उपाध्यक्ष खड्गीले प्रतियोगिताको कुल बजेट १९ लाख ५५ हजारमध्ये २० प्रतिशत तीन लाख ९१ हजार रुपैयाँ उपलब्ध गराउनुहुनेछ । मेटल सेपरले ट्रफी व्यवस्थापन गर्नेछ । आतिथ्य साझेदारका रूपमा रहेको नेपाली घरले प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडीको खाना र बसोबासको व्यवस्थापन गर्नेछ । मुख्य प्रायोजक तथा इक्विपमेन्ट पार्टनरमा स्ट्याग ग्लोबल प्रालि भारत रहेको छ । स्ट्यागले प्रतियोगितालाई आवश्यक पर्ने टेबलटेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किटलगायत प्रदान गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ । सहभागी टिमहरूमा नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लब, ज्ञान भैरव डिल्ली बजार टेबलटेनिस क्लब, यल टेबलटेनिस, होप्स टेबलटेनिस एकेडेमी, रेड टाइल्स र आयोजक स्ट्याग रहेका छन् । प्रहरी, एपिएफ र स्ट्यागले समान १-१ पुरुष/महिला विदेशी खेलाडी पनि अनुबन्ध गरेको जानकारी दिइयो ।
सहभागी टिमबीच पहिले राउण्ड रोविन लिग हुनेछ । लिगमा शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । एक टिमले समान दुई-दुई पुरुष/महिला सिंगल्स र मिक्स डबल्स गरी पाँच खेल खेल्नुपर्ने हुन्छ । विजेताले दुई लाख र उपविजेताले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टिमलाई समान ५०-५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले प्रतियोगितामा संघको प्राविधिक सहयोग रहने बताउनुभयो । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच