काठमाडौं । नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा सञ्चारकर्मी राजेन्द्र लुइँटेल (राज)को विशेष आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधि जित्न सफल हुनुभएको थियो भने ब्वाइजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापामगरले उपाधि जित्नुभएको हो । यसैगरी मस्ट पपुलरतर्फ किड्सबाट सयोना लामा, ब्वाइजबाट दिशान्त ताजपुरिया र टिनस्बाट सिमरन थापामगरले टाइटल जित्नुभयो ।
यस्तै किड्सबाट अन्सुमा थापामगर, ब्वाइजबाट नयन कारन्जित र टिन्स दिया रानामगरले पब्लिक च्वाइसको टाइटल जित्नुभयो । कार्यक्रममा गायिका पूजन काफ्ले तथा शान्ति तामाङले प्रस्तुति दिनुभएको थियो । सञ्चारकर्मी तथा इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेल, सञ्चारकर्मी अरुणा श्रेष्ठ, एमएस इन्टरनेशनल तथा डान्सर सीता सुवेदी तथा मिस्टर नेपाल योगेश श्रेष्ठको निणार्यक टिमले प्रतियोगिताको निणार्यक भूमिका निर्वाह गर्नुभएको थियो ।
किड्स, टिन र व्वायज गरेर तीन क्याटगोरी रहेको प्रतियोगितामा कक्षा तीनदेखि नौसम्मका प्रतियोगीहरू रहेका थिए । काठमाडौं उपत्यकाका विभिन्न विद्यालयबाट छनौट भएका विद्यार्थीले ग्राण्ड फिनालेमा आ-आफ्ना प्रस्तुति प्रदर्शन गरेका थिए ।
ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आयोजित उक्त प्रतियोगिताको प्रतियोगीलाई एक महिनाको विभिन्न लाभदायिक प्रशिक्षणपश्चात ग्राण्ड फिनालेमा उतारिएको थियो । सुमी बानियाँको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम संयोजन नृत्य निर्देशक सन्दीप भुजेलले गर्नुभएको थियो ।
बालबालिकाहरूका लागि नेपाली कला संस्कृतिको जानकारी दिनुका साथै उनीहरूको प्रतिभामा थप निखारता ल्याई कार्यक्रमको माध्यमबाट प्रतिभा प्रस्फुटन गर्नु संस्थाको उद्देश्य रहेको आयोजक प्रमुख सविना श्रेष्ठले जानकारी दिनुभयो । विजेतालाई विभिन्न संघसंस्थाबाट क्राउन, ट्रफीसहित विभिन्न गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच