काठमाडौं । विराज समाज काठमाडौंले आफ्नो १७औं साधारणसभा सम्पन्न गरेको छ । समाजले उक्त अवसरमा केही व्यक्तिहरूलाई सम्मानसमेत अर्पण गर्यो । समाजका अध्यक्ष रामप्रसाद दाहालको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्की रहनुभएको थियो भने नेपाल सरकारको पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौला तथा समाजसेवी तेजप्रसाद दाहाललाई सम्मान गरिएको थियो । दिनेशकुमार मगरले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा सम्मान छनौट समितिका संयोजक मुकुन्दराज दाहालले छनौट प्रक्रियाका सन्दर्भमा बोल्नुभएको थियो । सुमन दाहाल तथा डा.सुवास घिमिरेले संस्थालाई शुभकामना दिनुभएको थियो ।
यसैगरी सिद्धिचरण नगरपालिका ओखलढुंगाका मेयर तेजेन्द्र खनालले विराज जस्ता सामाजसेवी संस्थाहरूको आवश्यकता र औचित्य हाल अझै बढिरहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार प्रा.पुरुषोत्तम दाहालले राष्ट्रिय स्तरमा ओखलढुंगा जिल्लाको योगदान तथा वर्तमान दिनहरूमा राष्ट्रिय स्तरमा महिलाहरूको योगदानका बारेमा आफ्नो धारणा राख्दै यसलाई बहसको विषय बताउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा सम्मानित व्यक्तित्व नेपाल सरकारको पूर्वमुख्यसचिव लीलादेवी गड्तौलाले विराज समाजको लामो समयदेखिको समाजसेवाको निरन्तरको योगदानको प्रशंसा गर्दै आपूm मुख्यसचिव बन्दाको सन्दर्भ बताउनु भएको थियो ।
ओखलढुंगा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभाका सदस्य तथा राज्यव्यवस्था तथा सुशासन समितिका संयोजक रामहरि खतिवडाले भाषा, साहित्य, कला, संस्कृति, समाजसेवा तथा राजनीतिलगायतका क्षेत्रमा ओखलढुंगाको योगदानका बारेमा प्रकाश पार्नुभएको थियो । गान्दर्बराज पौडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कार्कीले नैतिकताको स्खलन भइरहेको वर्तमान अवस्थामा सामाजिक तथा आध्यात्मिक संस्थाहरूका कार्यहरू औचित्यपूर्ण बन्दै गइरहेका छन् भन्नुभयो । उहाँले वर्तमान संविधान उत्कृष्ट भए पनि यसको कार्यान्वयन गर्ने मान्छे सधैं तिनै भइरहेका कारणले यसले कसरी काम गर्छ भनेर प्रश्न गर्नुभयो । कार्यक्रममा नरबहादुर कटुवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच