धादिङ । अविरल बर्षासंगै त्रिशुली नदीमा आएको बाढीले धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित फुर्केखोला र चामबासका ४५ घरहरु उच्च जोखिममा परेका छन् ।
हिजोदेखि परेको पानीका कारण त्रिशुली नदीमापानीको बहाव बडन थालेपछि नदी किनारका घरहरु समेत भत्काउन थालेको स्थानीयहरुको भनाई छ । पानीको बहाबले अहिले पक्की घरहरुको जगमा पानीले कटान गर्न सुरु गरेको छ ।
नदीको बहाव घरसम्मै उक्लिएको र मढारिएको पानीले जमिन कटान गरेर पहिरो चल्न थालेपछि नदी छेउका घरहरु खाली गर्न थालिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । स्थानीयहरु सुरक्षित स्थान खोज्दै सिद्दलेक गाउँपालिकाको परेवाटारतर्फ सर्न थालेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।
यसैगरी फुर्केखोला क्षेत्रमा करिब २५ घर र चामबास क्षेत्रमा करिब १७ घर भन्दा त्रिशुली नदी किनारमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच