मुख्य सचिवलाई गृह जिल्लामा भव्य स्वागत

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 5 mins

स्याङ्जा । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याललाई आफ्नै गृह जिल्ला स्याङ्जामा भव्य स्वागत गरिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका-१० मा जन्मेका अर्याललाई शनिबार मावली गाउँ आँधीखोलामा पनि सम्मान गरिएको छ ।

अर्यालले अध्ययन गरेको मावली गाउँका विद्यालय जनप्रदीप मावि र राष्ट्रिय माध्यमिक विद्यालयले तथा आँधीखाला गाउँपालिकाले उहाँलाई सम्मान गरेको हो । आँधीखोला गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुख्य सचिव अर्यालले कर्मचारीतन्त्रलाई समयानुकूल तथा प्रविधीमैत्री बनाउन आफूले प्रयास गर्ने बताउनुभयो । उहाँले बिगतको जस्तो पुरानो कार्यशैलीले कार्य सम्पादन हुन नसक्ने बताउदै सेवग्राही कुरेर नबस्ने भएकाले प्रविधीको उच्चतम प्रयोग गरेर छिटोछरितो जनताको काम सम्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले मावली गाउँमा पाएको आर्शिबादलाई खेर जान नदिने बताउदै अर्यालले ७७ जिल्ला नै हेर्नु पर्ने र आफु खेलको माटो आँधीखोला तथा अध्ययन गरेका दुई विद्यालयलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । जिर्ण स्कुल र धुलोमा बसेर अध्ययन गरेको स्मरण गर्दै सो स्कुल पढ्दा यो स्थानमा पुग्ने नसोचे पनि गुरुहरुले यहाँसम्म ल्याएको अर्यालले बताउनुभयो । असम्भब केही नरहेको बताउदै अर्यालले मेहनत र लगनशिलता नै मुख्य कुरो भएको बताउनुभयो ।

गण्डकी प्रदेश सार्वजनिक लेखा समिति सभापति सुधिर कुमार पौडेलले यहिको धुलो माटोमा खेलेर मुख्य सचिव बन्नु भएका अर्याललाई आफ्नो कार्यकालमा सुसासन अग्रिम देश बनाउन आग्रह गर्नु भयो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मिहिनेत र लगनशीलता तथा कामप्रतिको लगावका कारण अर्याल मुख्य सचिव बन्नुभएकोमा सबैका लागि प्रेरणादायी पाठ मिलेको बताउँदै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेल, उपाध्यक्ष सीता थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, मुख्य सचिवकी श्रीमती मायादेवी अर्याल लगायतले मन्तब्य राख्नु भएको थियो । मुख्य सचिव भए पश्चात पाहिलो पटक जन्म जिल्ला र मावली पालिका आउनु भएका अर्याललाई पालिकाले सम्मान गरेको हो । पालिकाले मुख्य सचिव अर्यालाई दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरेको हो ।

पुतलीबजार नगरपालिका-१० जन्मभूमि भएपनि सानोमा मावली आँधीखोला-३ काउरेमा बसेर राष्ट्रिय माविको अध्ययन गर्नु भएको थियो भने २०४१ सालमा जनप्रदीप माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नु भएको थियो । २०४६ सालमा निजामती सेवामा प्रवेश गर्नु भएका अर्याल २०८१ भाद्र १३ गते मुख्य सचिब बन्नु भएको थियो ।

अर्याल जिल्लाको विकास निर्माणलगायतका छलफल गर्ने उद्देश्यसहित दुई दिनको कार्यतालिका बनाएर स्याङ्जा आउनु भएको हो । मुख्य सचिव अर्याललाई पालिका प्रवेशद्धारबाट बाजागाजासहित गाउँपालिका पुर्याएर सम्मान गरिएको थियो । यस्तै उहाँलाई फेदिखोला गाउँपालिकाले समेत सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *