काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ ।
आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।
विगत तीन दिनदेखि देशभर परेको अत्याधिक वर्षात्का कारण कम्तिमा पनि १०७ जनाले ज्यान गुमाएका छन् भने कविर ७० जना हालसम्म वेपत्ता छन् ।
आज दिउँसोका लागि सरकारले बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट महासचिव शंकर पोखरेलले सुझावहरु राख्ने पनि निर्णय भएको एमालेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच