गुल्मी । गुल्मीमा चाडपर्वलाई लक्षित गरेर विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । हिन्दु नेपालीहरुको महान चाडपर्वको रुपमा आउँदै गरेका दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडिमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको समयमा आवतजावत गर्ने यात्रुलाई सहयोग गर्ने उदेश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रवेश गर्ने सबैभन्दा ठूलो सिमाना रिडी भएको हुँदा यात्रुको सहजताका लागि यहाँ यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको समयमा जिल्ला प्रवेश गर्ने सिमाना र बसपार्क क्षेत्रमा अत्यधिक भीड हुने भएकाले नागरिकको सहजताको लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक ९डिएसपी० शङ्कर पोखरेलले बताउनुभयो ।
चाडपर्वको समयमा यात्रुको सहजता र जोखिमलाई न्यूनिकरण गर्नका लागि सदरमुकाम तम्घासमा सहायता कक्ष स्थापना गरिएसँगै यात्रुहरुको धेरै आवतजावत हुने विभिन्न स्थानमा समेत सहायता कक्ष स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । यात्रु सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु राख्न सक्नेछन् । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय–समयमा जनचेतना मूलक सन्देश प्रवाह गरिने प्रहरी नायब उपरीक्षक पोखरेललको भनाइ छ ।
चाडपर्वको समयमा दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँच, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडादरभन्दा धेरै असुल्ने, मापसे तथा लापसेगरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्नेलगायतका क्रियाकलापलाई कडाइ गरिनेछ ।
यात्रुलाई सहज तरिकाले यात्राको सुविधालाई सहजता र समस्या समाधानको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । सीमा क्षेत्रसँगै बढी मात्रामा भीडमाड हुने स्थानमा दशै र तिहारको बेला यात्रु ठगिने, लुटिने र दुर्घटना समेत हुने सम्भावना हुँदा सबै सजग भएर यात्रा गर्न उहाँले आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच