कमलामाई (सिन्धुली) । बाढीपहिरो प्रभावित आवास विहीन भएका छन् ।
असोज १०-१३ गतेसम्म निरन्तर परेको भारी बर्षाका कारण आएको बाढीपहिरोले आवास विहीन बनाएको हो ।
जिल्ला प्रशासन कार्यालयकाअनुसार बाढीपहिरोले सिन्धुलीका चार सय ८८ घरमा क्षति गरेको छ । जिल्लाका स्थानीय तहहरु र सुरक्षा निकायबाट संकलित तथ्यांकको आधारमा दुई सय ६३ घर पुर्ण क्षति र दुई सय २५ घरमा आशिंक क्षति पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माकाअनुसार सबैभन्दा बढी सुनकोशी गाउँपालिकामा क्षति पुगेको छ । यहाँका एक सय २८ घर पुर्ण रुपमा क्षति भएका छन् । ७३ घरमा आशिंक क्षति पुगेको छ ।
सुनकोशी गाउँपालिकासँग जोडिएको गोलञ्जोर गाउँपालिकामा एक सय १२ घर पुर्ण क्षति भएका छन् । आशिंक क्षतिमा ७५ घर छन् । फिक्कल गाउँपालिकाको १० घरमा पुर्ण क्षति भएको छ भने १३ घरमा आशिंक क्षति भएको छ ।
यसैगरी, हरिहरपुरगढी गाउँपालिकामा ११ घर पुर्ण क्षति छन् । ६३ घरमा आशिंक क्षति छ । कमलामाई नगरपालिकामा दुई घर पुर्ण क्षति र एक घरमा आशिंक क्षति भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
बाढीपहिरोका कारण जिल्लामा भएको जनधनको क्षतिको अद्यावधिक विवरणहरु आउने, संकलन गर्ने कार्य अझैपनि भइरहेको उहाँको भनाई छ ।
जिल्लाको सुनकोशी, गोलञ्जोर र फिक्क गाउँपालिकामा रोशी खोला र सुनकोसी नदीमा आएको बाढीले सबैभन्दा बढी क्षति गरेको उहाँले बताउनुभयो ।
आवास विहीन भएका बाढीपहिरो प्रभावित आफन्त, छिमेकीकोमा शरण लिएर बसेका छन् भने कोही क्रिपालको छानो हालेर अस्थायी टहरा बनाएर बसेका छन् । सुनकोशी गाउँपालिका–१ नेपालथोकका बोधकुमार कोइरालाको घर माथिबाट खसेको पहिरोले पुर्ण क्षति भएको थियो । उहाँ कोठा भाडामा लिएर बस्नु भएका छ ।
बाढीपहिरोले घरखेतमा पुर्ण रुपमा क्षति गरेपछि आफ्नो परिवार सुकुम्बासी बनेको उहाँले दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “राज्यले घर बनाएर सहयोग गरिदिए, बस्ने बाँस हुनेथियो । खाने गाँस हामी आँफै बनिबुतो गरेर जोहो गर्ने थियौँ ।”
बाढीपहिरो र डुबानका कारण घरबास गुमाएकाहरु अस्थायी आवासकोसमेत व्यवस्था नहुँदा समस्यामा छन् । संघीय सरकारले बाढीपहिरो प्रभावितलाई अस्थायी आवासका लागि राहत रकम उपलब्ध गराउने भनेतापनि स्थानीय तहले समयमै क्षति विवरण संकलन गरेर पठाउन नसक्दा अस्थायी आवास निर्माणमासमेत ढिला भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच