काठमाडौं । धार्मिक तथा सामाजिक सस्था मानव सेवा फाउण्डेशनले एक कार्यक्रमबीच नेपाल कल्याण समाज जापानका पदाधिकाहरूलाई स्वागत, सम्मान तथा अभिनन्दन गरेको छ । विदेशी भूमिमा रहेर पनि नेपाल तथा जापानलगायका विभिन्न क्षेत्रमा पुगेर सामाजिक, धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पु¥याको अतुलनीय सहयोगको उच्च मूल्यांकन गर्दै मानव सेवा फाउण्डेशनले नेपाल कल्याण समाजका पधादिकारीलाई मंगलबार स्वागत तथा सम्मान गरेको फाउण्डेशनका अध्यक्ष बालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिनुभयो ।
सन् २०२२ मा स्थापना भएको उक्त संस्थाले अहिले नियमित रूपमा देशमा सरसफाइका कार्यक्रम, ब्लड डोनेसनका कार्यक्रममार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै, टर्किमा गएको भूकम्पको बेलामा पनि पदाधिकारीले सेवा गरिसकेका छन् । यस्तै, धार्मिक चेतना जागृर्त तथा सनातन हिन्दु धर्मको उजागरणका लागि आगामी सन् २०२५ मा जापानमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने योजनाममा रहेको पनि नेपाल कल्याण समाज जापानका अध्यक्ष सुवर्ण भट्टले बताउनुभयो ।
मानव सेवा फाउण्डेशनअन्तर्गत सञ्चालित मामाघर आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरका लागि लत्ताकपडा पनि नेपाल कल्याण समाज जापानको तर्फबाट हस्तान्तरण गरिएको छ ।
स्वागत सम्मान तथा अभिनन्दन कार्यक्रममा वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेलको प्रमुख आथिथ्यता, नेपाल कल्याण समाज जापानका अध्यक्ष सुवर्ण भट्ट, उपाध्यक्ष कासीराम भण्डारी, मानव सेवा फाउण्डेसनका अध्यक्ष वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजी महाराज, युवा व्यवसायी तथा समाजसेवी तीर्थराज भण्डारी, विनोद कर्मचार्य, फाउण्डेशनका व्यवस्थापक विष्णुराज गिरिलगायतको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच