नयाँदिल्ली । अस्ट्रेलियाविरुद्धको बोर्डर गावस्कर सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय टोलीले अर्को महिना अस्ट्रेलियाको भ्रमण गर्नेछ, जहाँ टोलीले पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।
भारतले बोर्डर-गावस्कर टेस्ट सिरिजका लागि १८ सदस्यीय टोलीमा अभिमन्यु इसवरन, हर्षित राणा र नितिश कुमार रेड्डीलाई छनोट गरेको छ । ढाडको समस्याका कारण कुलदीप यादव टोलीमा पर्नुभएको छैन । फास्ट बलर मोहम्मद शमी अझै पूर्णरूपमा फिट हुनुभएको छैन । उहाँले पनि टोलीमा स्थान पाउनुभएको छैन । उहाँ चोटका कारण २०२३ को एकदिवसीय विश्वकपको फाइनलदेखि मैदान बाहिर हुनुहुन्छ ।
भारतीय टोलीले तीन वर्षपछि अस्ट्रेलियामा टेस्ट सिरिज खेल्ने भएको छ । पहिलो खेल २२ नोभेम्बरदेखि पर्थमा र दोस्रो खेल ६ डिसेम्बरबाट एडिलेडमा हुनेछ । भारतले सन् २०१४ यता अस्ट्रेलियासँगको कुनै पनि टेस्ट सिरिज हारेको छैन । यस अवधिमा विराट कोहलीको कप्तानीमा टोलीले दुईवटा सिरिज जितेको थियो ।
भारतीय टोलीमा रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वी जैसवाल, अभिमन्यु ईश्वरन, शुभमन गिल, विराट कोहली, केएल राहुल, ऋषभ पन्त (विकेटकिपर), सरफराज खान, ध्रुुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जैसवाल, मोहम्मद सिराज, आकाश दीप, प्रसिद्ध कृष्ण, हर्षित राणा, नितिशकुमार रेड्डी, वाशिंगटन सुन्दर । रिजर्वः मुकेश कुमार, नवदीप सैनी र खलील अहमद हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच