काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताउनु भएको छ ।
आइतबार नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उहाँले कांग्रेस-एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको बताउनु भयो ।
‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने सङ्कल्पका साथ अघि बढिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै पनि सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुँदैन ।’
उहाँले कांग्रेससँग मिलेर बनाएको सरकारले राष्ट्रिय हित र एकताको पक्षमा काम गर्ने पनि बताउनु भयो ।
नाकाबन्दीको सामना गर्दा सरकारबाट बाहिरिए पनि निर्वाचनबाट आएको उहाँको भनाइ थियो ।
‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुगेका थियौं, तर हामी कुनै छलछाम नगरी जस्केलाबाट होइन निर्वाचनबाटै सत्तामा आयौं,’ ओलीले भन्नुभयो, ‘हामीले निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौं भनेको थियौं र आएरै छाड्यौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच