म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले व्यवस्थापक एरिक टेन हागलाई बर्खास्त गरेको छ । युनाइटेडले भनेको छ, ‘एरिक टेन हागले युनाइटेडको पहिलो टिम व्यवस्थापकका रूपमा आफ्नो जिम्मेवारी छाडेका छन् ।’ क्लबले अब अन्तरिम प्रशिक्षकका रूपमा रुड भान निस्टेलरोयले क्लब सम्हाल्ने पनि जनाएको छ । युनाइटेडका पूर्वखेलाडी निस्टेलरोय यसअघि टेन हागकै सहायकका रूपमा टिममा हुनुहुन्थ्यो । नयाँ पूर्णकालीन प्रशिक्षक नआएसम्म युनाइटेडको जिम्मेवारी निस्टेलरोयले नै सम्हाल्नुहुने छ ।
इंग्लिस फुटबलको २० पटकको च्याम्पियन युनाइटेडले यसपल्ट लिगमा खराब सुरुवात गरेको छ । डच प्रशिक्षकले साढे दुई वर्ष युनाइटेडमा बिताउनुभयो । यसबीच दुई उपाधि पनि जित्नुभयो । दुवै कप उपाधि हो । तर, यसपल्ट लिगमा अहिलेसम्मकै खराब सुरुवात गरेपछि टेन हाग समस्यामा पर्नुभएको हो ।
युनाइटेडले इंग्लिस प्रिमियर लिगका सुरुवाती नौ खेलमध्ये चारमा मात्र जित निकालेको छ । टोली १४औँ स्थानमा छ । आफ्ना दुई प्रमुख प्रतिद्वन्द्वी लिभरपुल र टोटनहमविरुद्ध युनाइटेडले घरमै ठूलो अन्तरले हार बेहोरेपछि टेन हाग सबैभन्दा पहिले दबाबमा आउनुभएको थियो । सन् २०१३ मा सर एलेक्स फर्गुसनले छाडेयता युनाइटेड त्यतिबेलाको उत्कृष्ट प्रदर्शन दोहोर्याउन संघर्षरत छ । फर्गुसनको बिदाइपछि क्लबको प्रदर्शन ओरालो लागेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच