काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत सीमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ ।
बुधवार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल-भारत खुला सीमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरु भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सीमानामा पर्खाल लगाउनुपर्ने बताउनु भयो ।
उहाँले सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर काम गरिरहेका आरोप लगाउनु भयो । उहाँले खुला सीमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो - ‘यो सरकारको असक्षमता हो । यहाँ सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर यो सबै काम गरिराखेका छन् । र कहिल्यै पनि समाधान नहुने गरी समितिमा विषय पठाइदिन्छन् । समितिमा यसरी आउने हो विषय ? विधेयक बनेर आउनुपर्छ । नेपाल र भारतका बिचमा सिमाना खुल्ला छ । हाम्रो देशका ठूल्ठूला पार्टीहरु ५०/६० वर्षदेखि बन्द सिमाना कायम गर भन्दै आएका छन् । भारततिरबाट नेपालतिर पसेर कयौँ मानिस मारिएका छन् । नेपाली जनता मारिएका छन् । त्यो खुला सीमाना प्रयोग गरेर काठमाडौंरहेका मानिसलाई पक्रेर भारतले लिएर जान्छ । हामी पछि थाहा पाउँछौँ । यस्तै हुन्छ स्वतन्त्र देशको अवस्था । त्यहाँ सुधार गर्न किन कोसिस हुँदैन ? त्यस सम्बन्धमा मेरो गम्भीर आरोप छ नेपाल सरकारलाई, उसले हेर्नुपर्छ । उसले गर्नुपर्छ । यदि नयाँ कुनै व्यवस्था गर्ने हो भने छलफल गर्न हामीलाई पठाउनुपर्छ । नेपालमा उत्पादन भएको वस्तु भन्सार नतिरिकन खुला सीमानाबाट भारततिर गएको छ । भन्सारबाट मात्रै जाने व्यवस्था गरौँ । पर्खाल लगाऔँ । नेपाल भारतको बिचमा तार लगाऔँ । खुला सिमाना बन्द गर । मेरो आजको प्रश्ताव यही हुन्छ । नेपाल-भारत सीमाना बन्द गर । भिसा प्रणाली लागू गर ।’
राष्ट्रिय सभा गौतमले मानिसको आवतजावत पनि तोकिएको भन्सार नाकाबाट मात्रै हुनुपर्ने बताउनु भयो । खुला सीमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्या समेत हुने गरेको भन्दै स्वतन्त्र देशको अवस्था यस्तो हुनु नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच