काठमाडौं । हायात रिजेन्सीले लुम्बिनी प्रदेशमा पनि आफ्नो ब्राण्ड विस्तार गर्ने भएको छ । ‘हायात रिजेन्सी लुम्बिनी’ १७५ कोठाको होटल नेपालमा चौथो हायात ब्राण्डको होटल हुने र गोल्यान समूहसँगको दोस्रो होटलका रूपमा परिचित रहने गोल्यान ग्रुपले जनाएको छ । हायातसँग सम्बन्धित एक कम्पनीले गोल्यान ग्रुपको एक हिस्सा रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडसँग हायात रिजेन्सी लुम्बिनीको व्यवस्थापन सम्झौताको घोषणा गरेको छ । उक्त होटल नेपालमा चौथो हायात ब्राण्डको होटल हुनेछ, जसले दक्षिण पश्चिम एसियाका लागि हायातको विस्तार योजनामा नेपाल महत्वपूर्ण स्थानमा रहेको पुष्टि गर्ने गोल्यान ग्र्र्रुपको भनाइ छ ।
हायात रिजेन्सी लुम्बिनी २०२८ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । भारत र दक्षिण-पश्चिम एसिया विकासका उपाध्यक्ष ध्रुवा राठौरले भन्नुभयो, ‘नेपाल दक्षिण–पश्चिम एसिया क्षेत्रमा हायातको विकासका लागि बनाइएका रणनीतिहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्न हामी हायात रिजेन्सी ब्राण्डसँग लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहयोगको अपेक्षा गर्दैछौँ । लुम्बिनीको प्राचीन सांस्कृतिक र आध्यात्मिकमार्फत् समृद्ध तुल्याउन हायातले जमाएको विरासतले विश्वभरका यात्रुलगायत स्थानीयका लागि पनि एक आकर्षक गन्तव्यका रूपमा रहन्छ ।’
गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यानले भन्नुभयो, ‘हायातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हायात रिजेन्सी ब्राण्डको होटल विस्तार गर्न पाउँदा अत्यन्तै खुसी छौँ, हायात रिजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो, जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पु¥याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवद्र्धन गर्छ । यसले नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्नेछ ।’ गोल्यान ग्रुपका अनुसार हायात रिजेन्सी होटल एण्ड रिजोर्ट्स मानव समुदायको भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् ।
आगामी दिनमा नेपालमा स्थापित हुने हायात ब्राण्डका होटल आधुनिक डिजाइन र परम्परागत नेपालीपनको मिश्रणसहितका हुनेछन् । लुम्बिनीमा विस्तार हुन लागेको हायात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्न ध्यानपूर्वक डिजाइन गरिएको छ । ११ एकड क्षेत्रफलमा फैलिएको लुम्बिनी हायात रिजेन्सीमा १७५ अतिथि कोठा, कार्यक्रम र बैठकस्थल, अत्याधुनिक फिटनेस केन्द्र, स्पा, बाहिरी पोखरी र अन्य मनोरञ्जनका सुविधा रहनेछन् । हायातका भारत र दक्षिण–पश्चिम एसियामा ५२ होटल सञ्चालनमा छन्, जसमा ५० भारतमा र नेपालमा दुई रहेकोमा अन्दाज, अलिला, हायात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क हायातलगायतका नौवटा ब्राण्ड रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच