नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बिषालु सर्प रसियन भाइपर (बाघे सर्प) भेटिएको छ । झट्ट हेर्दा अजिङ्गरकाे बच्चा जस्तो देखिने याे सर्प नेपालमा भेटिने अत्यन्तै विषालु सर्प मध्येको एक रहेको सर्प उद्दार कर्ता दुर्गा लामिछानेले बताउनु भयो ।
पछिल्लो समयमा बर्दघाटमा ३/४ वटा रसियन भाइपर भेटिएको लामिछानेले उल्लेख गर्नु भयो । " आम नागरिकले सानो अजिङ्गर छ भनेर बोलाउनु हुन्छ । जादा त रसियन भाइपर छ ।" लामिछानेले भन्नुभयो । झट्ट हेर्दा अजिङ्गर जस्तै देखिने हुदा सर्वसाधारणले यसलाई अजिङ्गर भन्ने गरेको लामिछानेको भनाइ छ ।
बर्दघाटबाट हालैमा उद्दार गरिएका रसियन भाइपर चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको छ । लामिछानेका अनुसार रसियन भाइपरको शरीर खैरो, पहेंलो, वा कालो दागले ढाकिएको हुन्छ जसले यसलाई अरू सर्पबाट छुट्याउन सजिलो बनाउँछ । लम्बाइ करिब १ मिटरको आसपास हुन्छ । नेपालका तल्लो भूभाग, तराई क्षेत्र र वन जङ्गल क्षेत्रमा बढी पाइन्छ भने यसले खतरा महसुस गरेमा तत्काल आक्रमण गर्ने गर्दछ ।
रसियन भाइपरको विष रगतको थक्का जमाउने प्रकारको हुने हुदा शरीरको अंगहरूमा तत्काल असर गर्छ। यसको विषले रगत बग्न रोकिन सक्छ र शरीरमा सुन्निने, दुख्ने, र रगत जम्ने जस्ता समस्या देखा पर्न सक्छ । यो सर्पले टोकेमा तत्काल अस्पताल जानुपर्छ र एन्टिवेनम उपचारमा लाग्नु पर्छ । भारत, श्रीलङ्का तथा नेपालका ठूला चार सर्पहरू मध्ये यसलाई एकको रुपमा लिइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच