✍️ ज्योतिषाचार्य नारायणप्रसाद
आज वि.सं २०८१ कात्तिक २५ गते आइतबार, ई.स. २०२४ नोभेम्बर १० तिथि- कार्तिक शुक्लपक्ष नवमी, धनिष्ठा- नक्षत्र, ७ः५५ बजेपछि शतभिषा, ध्रुव- योग, कौलव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः२२, सूर्यास्त- १७ः१२ ।
मेष : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।
वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।
मिथुन : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।
कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।
सिंह : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
कन्या : मान-सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।
तुला : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।
वृश्चिक : आँटेको काम तत्काल बन्ने समय छ ।
धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।
मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।
कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।
मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच