काठमाडौं । लाक्पा ढन्डुपको कथामा केन्द्रित नेपाली डकुमेन्ट्री ‘चेजिङ द ड्रिम’ले ब्राजिलमा सम्पन्न १०औं बाहिया इन्डिपेन्डेन्ट फिल्म फेष्टिभलमा वेष्ट डकुमेन्ट्री सर्ट फिल्म अवार्ड जितेको छ । यो डकुमेन्ट्रीको निर्देशन पत्रकार प्रदीप पोखरेलले गर्नुभएको हो । फेष्टिभल ब्राजिलको साल्भाडारमा यही नोभेम्बर ४ देखि ७ सम्म भएको थियो ।
डकुमेन्ट्रीको कथा अनुसार, उत्तरी गोरखाको विकट गाउँ नामरुङका लाक्पाको हो । डकुमेन्ट्रीमा उहाँको कथामात्र होइन, हिमाली सभ्यता र संस्कृतिको मिश्रण छ । निर्देशक पोखरेलका अनुसार, चेजिङ द ड्रिम यसअगाडि भारत, इटली, जर्मनीलगायत फिल्म फेष्टिभलमा प्रदर्शनी भइसकेको छ । यो डकुमेन्ट्री आगामी डिसेम्बरमा हुने नेपाल हुमनराइट्स इन्टरनेशलन फिल्म फेष्टिभलमा पनि छनोट भएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच