काठमाडौं । संगीतकार तथा गायक कालीप्रसाद बास्कोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा प्रस्तुत हुनुहुने भएको छ । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो व्याण्ड ‘साथीभाइ’सहित पोखरा र बुटवलमा गुञ्जन लाग्नुभएको हो ।
काली र उहाँको व्याण्ड साथीभाइ यही शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्ज पोखरामा सांगीतिक प्रस्तुति दिँदैछ । यहाँ उनीहरूको व्याण्डको तेस्रो प्रस्तुति हुनेछ । किङ्स लाउन्ज पोखराले कालीका फ्यानहरूबाट उहाँलाई पुनः सुन्ने चाहना राखेपछि काली र उहाँको व्याण्डको कार्यक्रम राखिएको जनाएको छ ।
काली र उहाँको व्याण्डले पोखरापछि शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा आफूलाई प्रस्तुत गर्नेछ । पोखरा र बुटवलमा काली र उहाँको व्याण्डले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’लगायत लोकप्रिय गीत सुनाउने जनाकारी गाएका छन् । पोखरा र बुटवलपछि काली र उहाँको व्याण्डले निकट भविष्यमै सुनसरी, झापा, चितवनलगायत स्थानमा आफूलाई गुञ्जाउँदैछन् । यसअघि उनीहरूले काठमाडौंसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुति दिइसकेका छन् ।
‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रूपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ । हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, कालीले भन्नुभयो । कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पिभिई नेटवर्कले गर्नेछ । नेटवर्कले चार वर्षदेखि काली र उहाँको व्याण्डको व्यवस्थापन हेर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच