काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले इतिहास रचेको छ । यस चलचित्रले दर्शकको अपार साथ पाउँदा सर्वाधिक कमाउने घरेलु फिल्मको इतिहास रचेको छ । प्रदर्शनको १३औं दिन मंगलबारसम्म यो चलचित्रले देशव्यापी २५ करोड चार लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले कलेक्सन सार्वजनिक गरेको हो । चलचित्रले मंगलबारमात्रै दुई करोड पाँच लाख रुपैयाँ ग्रस कमाएको छ । बुधबार पनि चलचित्र हेर्ने दर्शकको चाप त्यतिकै नै छ ।
नेपालको घरेलु चलचित्रको यसभन्दाअघि ‘कबड्डी ४’ थियो । निर्मातले दिएको जानकारीमा कबड्डी ४ को कलेक्सन (२३ करोड ५० लाख) र चलचित्र विकास बोर्डले दिएको तथ्यांकको आधारमा (२१ करोड ३८ लाख) छ । पूर्णबहादुरको सारंगीले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन यसले सर्वाधिक शो पाउने चलचित्रको पनि रेकर्ड राखेको छ । यस चलचित्रले पछिल्लो समयसम्म पनि ४५० भन्दा धेरै शो पाइरहेको छ ।
यो चलचित्रलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सुपरहिटको मान्यता दिइसकेको छ । चलचित्रको प्रदर्शनपूर्व ‘काँधेकुरी’ गीत लोकप्रिय थियो । बलियो ‘वर्ड अफ माउथ’पछि यो चलचित्रले बक्स अफिसमा ल्याएको उछाल तिहार विदा सकिएपछि पनि कायम छ । यो चलचित्र हेरेका दर्शकहरूले यसको कथावस्तु आफ्नो जीवनसँग निकट रहेको र हेरिरहँदा भावुक बनाएको प्रतिक्रिया दिएका छन् । चलचित्रको कथा, संवाद, अभिनय, गीतसंगीतलगायत पक्षले मन छोएको दर्शक प्रतिक्रिया छ । कतिपय दर्शकहरू चलचित्र हेरिरहँदा आँखाबाट आँशु झारिरहेको र भावुक बनेको भिडियो क्लिपसमेत सामाजिक सञ्जालमा आइरहेका छन् ।
विजय बराल अभिनित यो चलचित्र लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको हो । गन्धर्व समुदायको कथामा निर्माण भएको चलचित्रको शीर्ष भूमिकामा विजय बराल हुनुहुन्छ ।
छोराको भविष्यका लागि बुबाले गर्ने संघर्षको कथामा निर्माण भएको चलचित्रमा सरोज पौडेलको लेखन तथा निर्देशन छ । विजयसँगै प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बाँस्तोला, स्वयं केसीलगायत कलाकारको अभिनय छ । चलचित्रको निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच