वासिङ्टन । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ । शुक्रबार बिहान भएको खेलमा विश्वविजेता अर्जेन्टिना पाराग्वेसँग २-१ ले पराजित भएको हो । खेलको ११औं मिनेटमै लाउटारो मार्टिनेजले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, त्यसपछि खेलमा पाराग्वे हाबी भयो । त्यसको आठ मिनेटमै एन्टेनियो सानाब्रियाले खेल बराबरीमा ल्याउनुभयो । दोस्रो हाफको दोस्रो मिनेटमै उमर एल्डेरेटेले अर्को गोल थपेपछि अर्जेन्टिना स्तब्ध हुन पुग्यो । योसँगै शीर्षस्थानमा रहेको अर्जेन्टिनाको ११ खेलबाट २२ अंक यथावत् छ । समान खेलबाट १६ अंक जोडेको पाराग्वे भने ११औं स्थानमा छ । यसैगरी, फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा ब्राजिल घरेलु टोली भेने जुएलासँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिल घरेलु टोली भेने जुएलासँग १-१ को बराबरीमा रोकिएको हो ।
मोनुमेन्टल डी माटुरिन रंगशालामा ब्राजिलका लागि राफिन्हा र भेनेजुएलाका लागि टेलेस्को सेगोभियाले गोल गर्नुभयो । खेलको ४३औं मिनेटमा राफिन्हालको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । ४६औं मिनेटमा सेगोभियाले भेनेजुएललाई बराबरीमा ल्याउनुभयो । भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा ब्राजिलले ६२औं मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । अन्तिम समयमा एलेक्सजेन्डर गोञ्जालेजले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो । यो नितजासँगै ११ खेलमा १७ अंक जोडेको ब्राजिल तेस्रो स्थानमा छ । भेनेजुएला समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ ।
भिनिसियसले दक्षिण अमेरिकी विश्वकप छनोटमा ६ खेल खेख्ला एक असिष्ट गरे पनि गोल निकाल्न सक्नुभएको छैन । ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरमाथिको दबाब गत अक्टोबरमा चिली र पेरुविरुद्ध दुई खेलमा जित हात पारेसँगै हटेको थियो । उक्त खेलमा ब्राजिलले चिलीलाई २-१ र पेरुलाई ४-० ले हराएको थियो । ती दुवै खेलमा भिनिसियस ब्राजिली टोलीसँग हुनुहुन्थेन । भेनेजुएला र उरुग्वेसँग खेल्दा उहाँमाथि सबैको नजर रहनेछ । यी दुई टोलीको बलियो डिफेन्स लाइन तोड्न उहाँलाई चुनौतीपूर्ण हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच