काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानमा अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘महजात्रा’ प्रहसन सुरु भएको छ । मिरा फाउण्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ बिहीबारबाट सुरु गरिएको प्रहसन मंसिर १८ गतेसम्म चल्ने जनाइएको छ । प्रहसनको प्रमुख विशेषता हास्य-व्यंग्यका माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्या र विविध मुद्दालाई उजागर गर्नु रहेको छ । नेपाली समाजका परम्परा, राजनीतिक, सामाजिक संरचना र सांस्कृतिक कुरीतिलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्ने प्रहसन मह जोडीको विशिष्ट र मौलिक शैली छ ।
कार्यक्रममा मह जोडीका अलावा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतका कलाकारको प्रस्तुति रहेको छ । कार्यक्रममा महसञ्चारले सुश्री मिडियासँग सहकार्य गरेको छ । कार्यक्रमको टिकट खल्ती एपमार्फत् लिन सकिन्छ । प्रहसन हास्यव्यंग्यका माध्यमबाट समसामयिक समस्यासहित विविध मुद्दाहरूलाई उजागर गर्दै नेपाली समाजका परम्परा, राजनीतिक, सामाजिक संरचना तथा सांस्कृतिक कुरीतिप्रति व्यंग्य गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गत ४४ वर्षदेखि सहकार्य गर्दै आइरहनुभएको छ । पछिल्लोपटक सन् २०१५ मा नेपालमा महजात्रा आयोजना गरिएको थियो । त्यसयता कोभिडलगायतका कारणले कार्यक्रम हुन सकेन । यसअघि अमेरिकाका ३८ राज्य, क्यानडाका ६ र अस्ट्रेलियाका सात राज्यमा महजात्रा सम्पन्न भइसकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच