काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’ अष्ट्रेलियामा प्रदर्शनमा आउने भएको छ । नेपालमा गत असोज २४ गते फूलपातीको दिन रिलिज भएको यो चलचित्र यही नोभेम्बर २२ मा अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको हो । जितु नेपाल र नीति शाह स्टारर यो चलचित्र सिड्नीको हस्र्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो ।
वसन्त निराौला निर्देशित चलचित्रलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको हो । लगानी उठाएको यो चलचित्रले राम्रो समीक्षा पाएको थियो । पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठका अनुसार सिड्नीमा दर्शकले ‘ज्वाइँ साब’को माग गरेपछि रिलिज गर्न लागिएको हो । उहाँले अन्य सहरमा पनि चलचित्र रिलिजको तयारी भइरहेको जानकारी दिनुभयो ।
राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु र नितीसँगै, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायत कलाकारको अभिनय छ ।
रेड आइ फिल्मस्को व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच