काठमाडौं । साताको पहिलो दिन सेयर बजार ४.९८ अंकले बढेर २७५३.७६ अंकमा पुगेको छ । आइतबार नेप्सेमा तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता सेयर एक लाख १३ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार नौ सय चार रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ ०.२१, वित्त १.६३, उत्पादन तथा प्रशोधन १.१३ र निर्जीवन बिमा समूह ०.६९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको सेयर मूल्य बढेको छ ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.२१ प्रतिशतले बढेको छ भने विकास बैंक ०.६२, जलविद्युत् ०.८५, लगानी ०.१७, जीवन बिमा ०.२१, लघुवित्त १.२८, म्युचुअल फण्ड ०.२९, व्यापार ०.२४ र अन्य समूह ०.११ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्स कम्पनी र गुराँस लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावरको ४५ करोड १७ लाख १० हजार तीन सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार सेयर संख्याका आधारमा भने सिंगटी हाइड्रो इनर्जीको सबैभन्दा धेरै १२ लाख ४२ हजार तीन सय ८९ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच