एजेन्सी । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोएत्जी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अनुशासनात्मक कारबाहीमा पर्नुभएको छ । कारबाहीस्वरूप उहाँको म्याच फीमा ५० प्रतिशत कटौती गरिएको छ भने एक डिमोरिट अंक पनि दिइएको छ ।
२४ वर्षीय कोएत्जीले नोभेम्बर १५ मा जोहानेसबर्गमा भारतविरुद्धको चौथो टी-२० खेलका दौरान अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको थियो । कोएत्जीले आफ्नो गल्तीलाई स्विकार पनि गरिसक्नुभएको छ । यसैगरी आइसिसीले नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्स र ओमानका तीव्र गतिका बलर सुफयान महमुदलाई पनि जरिवाना गरेको छ ।
ओमानविरुद्धको खेलमा एलबिडब्युको शिकार बनेपछि एडवडर््सले पेभेलियन फर्किंदा अम्पायरलाई ब्याट देखाउनुभएको थियो । आक्रोश पोख्ने क्रममा उहाँले आफ्ना ब्याट र ग्लोभ्स डगआउटमा फाल्नुभएको थियो ।
आइसिसीले उहाँको म्याच फीमा १० प्रतिशत कटौती गर्नुका साथै दुई डिमेरिट अंक पनि दिएको छ । यता ओमानका बलर महमुदले डच ब्याटर तेजा निदामानुरुलाई आउट गरेपछि मैदानबाट बाहिर निस्कन संकेत गर्नुभएको थियो । उहाँले पनि दुई डिमेरिट अंक प्राप्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच