काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले तेस्रो थाउलो विश्वकपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाउनुभएको छ । सदस्य-सचिव घिसिङले बुधबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा विजयलाई बधाई दिँदै विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाउनुभएको हो ।
सदस्य-सचिव घिसिङले विजयलाई एरिका गुरुङ र पलेशा गोबर्धन जस्तै परिषद्ले रणनीतिक खेलाडीको सूचीमा राख्ने बताउँदै थाउलो विश्वकपको पुरस्कारका लागि प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो ।
विजयले जापानको योकोहामामा अक्टोबर २३ देखि २८ तारिखसम्म भएको प्रतियोगिताको चेन्सुमा कांस्य पदक जित्नुभएको थियो । थाउलो विश्वकपमा विजयले छनोट चरण पार गर्दै सहभागिता जनाउनुभएको हो । चीनमा गत अप्रिलमा भएको उसु आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगितामा २७ प्रतिस्पर्धीमध्ये पाचौंँ स्थानमा रहँदै विजय थाउलो विश्वकपका लागि छनोट भएको प्रशिक्षक निकेश श्रेष्ठले जनाउनुभयो । सोही प्रतियोगिताको तुइलिन स्पर्धामा भने विजयले कांस्य जित्नुभएको हो ।
विजयले रियादमा भएको विश्व कम्ब्याटमा स्वर्ण, १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत र १३औँ सागमा स्वर्ण जित्नुभएको थियो । थाउलो विश्वकपमा नेपालबाट विजयसहित पाँच खेलाडीले सहभागिता जनाएका थिए । निमा घर्ती मगर, राजीव तामाङ, दीपक हमाल र पासाङ शेर्पा पदकविहीन रहनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच