काठमाडौं । नेपालका लागि टिभिएस मोटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट-आवर भेरियन्ट सार्वजनिक गरेको छ । नयाँ भेरियन्ट आगमनसँगै अब नेपालमा टिभिएस आइक्युबका तीन भेरियन्ट छ आकर्षक रङहरूमा उपलब्ध हुनेछन् ।
नयाँ भेरियन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादन प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट-आवरको नयाँ भेरियन्टको सुरुवाती मूल्य दुई लाख ९९ हजार नौ सय रुपैयाँ रहेको छ, जसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार टिभिएस आइक्युब तीन प्रमुख सिद्धान्तबाट प्रेरित छ । पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइसअन्तर्गत ग्राहकलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसन रहेका छन् । पूर्ण एसुरेन्सअन्तर्गत सवारी सुरक्षा र फुल ओनरसिप अनुभव रहेको छ भने प्रयोगमा सहजताअन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचर रहेका छन् । सो अवसरमा टिभिएस मोटर कम्पनीका इभी इन्टरनेसनल बिजनेसका भाइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले भन्नुभयो, ‘नेपालमा टिभिएस आइक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकले केवल एक वर्षमा १० लाख बढी किलोमिटर यात्रा पूरा गरिसक्नुभएको छ ।
विश्वभर चार लाखभन्दा बढी ग्राहकले टिभिएस आइक्युब ब्राण्ड रोजेका छन् जसले उत्कृष्ट इभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धता प्रमाणित गरेको छ ।’ जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नुभयो, ‘टिभिएस आइक्युबसँगको गत एक वर्षको हाम्रो यात्रा सफल रहेको छ । टिभिएस आइक्युब २.२ किलोवाट-आवर भेरियन्ट प्रवेशले नेपाली दुर्ईपांग्रे इभी क्षेत्रमा आएको परिवर्तनमा अझ गति थप्नेछ । नयाँ टिभिएस आइक्युब २.२ किलोवाट-आवर भेरियन्टको बुकिङ टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टिभिएसका ४० आधिकारिक डिलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच