✍️ विश्वास नेपाली
म भगेरो जसरी उड्न खोज्छु, गगनमा ठोकिन्छु
म समुद्र जस्तै शुसाउन खोज्छु, यही धरातलमै रोकिन्छु ।
म झर्ना जस्तै झर्न खोज्छु, त्यही पानीमा घुल्दछु
म प्रकृति जस्तै सजिन खोज्छु, मौसममा फुल्दछु ।
म वर्खायामको बाढी झै गर्छु, एकछिनमै सुक्दछु
म पूर्णिमाको चन्द्रमा झै गर्छु, बादलमै लुक्दछु ।
म संसार घुम्ने गतिमा दौड्न्छु, एकछिनमै रोकिन्छु
म अरूको हो औल्याउन खोज्छु, आफैंमा ठोकिन्छु ।
म अर्बौंको अमू्ल्य बिस्तरा खोज्छु, ओछ्यानमै सुत्दछु
म संसार खोज्दा रित्तो हुन्छु, चिहानमा पुग्दछु ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच