काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वमन्त्री अधिकारीलाई मुद्दा नचलाउने निर्णय गरेको हो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य ११ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले मानवतस्करी प्रकरणमा लीलाबल्लभ अधिकारीविरुद्ध कुनै तथ्य प्रमाण नभएकाले मुद्दा नचल्ने निर्णय गरिएको बताउनु भयो ।
अधिकारीले नै जापान पुगेर सो प्रकरणबारे जानकारी दिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीलाई गत कार्तिक २५ गते पक्राउ गरिएको थियो । जापानको अध्यागमन विभागबाट अधिकारीसहित ४ जना डिपोर्ट भएका थिए । उनीहरु जापानको एक कार्यक्रममा भाग लिन जापान गएका थिए ।
सरकारी वकिलको कार्यालयले मानव तस्करीको आरोपित महेश पाण्डे, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, जुगल रिजाल, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, वीरबहादुर सुनुवार र योगराज गौतमविरूद्ध मुद्दा दायर गरेको छ । प्रतिवादीहरु योगराज, विष्णुप्रसाद र दिवाकर भने फरार छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच