नवलपरासी । पश्चिम नवलपरासी जिल्लामा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । सिँचाइ सुविधा, समयमै भएको वर्षा र मलखादको सहज उपलब्धताका कारण यस वर्ष धान उत्पादनमा सुधार आएको हो ।
कृषि ज्ञान केन्द्र परासीका कृषि अधिकृत नवराज घिमिरेका अनुसार गत वर्ष ९१ हजार पाँच सय दुई मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ९५ हजार ०२७ मेट्रिकटन उत्पादन भएको छ । यो गत वर्षको तुलनामा १.५३ प्रतिशतले बढी हो । धान उत्पादन बढ्नुमा हाइब्रिड जात, उन्नत बिउ प्रयोग र समयमै मलखादको उपलब्धता प्रमुख कारण रहेको कृषि अधिकृत घिमिरेले बताउनुभयो । रोग तथा किराको कम प्रभाव र उन्नत प्राविधिक सहयोगले पनि उत्पादन सुधार गरेको उहाँको भनाइ थियो ।
ज्ञान केन्द्रका अनुसार सिँचाइ सुविधा अभाव रहेका स्थानमा संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सिँचाइको प्रबन्ध गरिएको छ, जसले उत्पादनमा सकारात्मक प्रभाव पारेको छ । हर्दिनाथ-६, साभा, मन्सुली गोल्डेन, इण्डिया जात र हाइब्रिड बिउ जिल्लामा प्रचलित छन् । जिल्लाभर २० हजार चार सय ८० हेक्टरमा धान खेती हुँदै आएको छ । रामग्राम नगरपालिका, सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिकामा सबैभन्दा बढी धान खेती हुने गरेको छ । जिल्लामा बर्खे र चैते धानको खेती प्रचलनमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सिँचाइ व्यवस्थापनमा भएका सुधारले किसानलाई राहतसँगैै धान उत्पादन बढेको हो । जसले आगामी वर्षहरूमा पनि उत्पादकत्व अझै बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ । मलखाद र सिँचाइ व्यवस्थापन गर्न सके नवलपरासीले अझ राम्रो उत्पादन गर्ने सम्भावना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच