काठमाडौं । मातृभूमि स्कुलको आयोजनामा मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा तीन विधामा जम्मा २७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा मातृभूमिका अंक गणित र विज्ञानका को-अर्डिनेटर जयराम अधिकारीले जानकारी गराउनुभयो ।
सिनियर ब्वाइज र गल्र्समा समान सात-सात तथा जुनियर ब्वाइजमा ११ गरी २५ टिमको सहभागिता रहने छ । सिनियर टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । जुनियर ब्वाइजलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट पद्धतिमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्ने छन् ।
युवा खेलाडीलाई उनीहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । १० दिने प्रतियोगिताका खेलहरू सानोठिमीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच