हुम्ला । हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडी गोठ बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चंखेली, सर्केगाड गाउँपालिकामा रहेका भेडाबाख्रा पालनका लागि अन्तर जिल्ला बाजुरा, अछाम धनगडी, कालिकोट रास्कोट, लिन सुरु गरेका छन् ।
हुम्लामा चिसो अत्येधिक हुनुका साथै भेडाबाख्राका पालनका लागि हिउँदयाममा घाँस नहुने भएपछि छिमेकी जिल्लामा लिनुपर्ने लामो समयदेखि भेडाबाख्रा वयवसाय गर्दै आउनुभएका सिमकोट गाउँपालिका–२ ठेहेका राजेन्द्र बोहराले बताउनुभयो । भेडा व्यवसायी बोहराले भन्नुभयो, मङ्सिर दोस्रो हप्तापछि हिउँद याममा तराई वा अन्तर छिमेकी र वर्षायाममा उच्च पाटनमा पालनका लागि लिदैँ आएको बताउनुभयो ।
यतिबेला हुम्ला सुख्खा हुने र तराईका क्षेत्रमा हरियारी हुनेहुँदा घाँसको लागि पनि हिउँदमा जिल्ला बाहिर लिनुपर्ने बोहराको भनाई छ । झण्डै ६ महिना जिल्ला बाहिर पालन गरेपछि बैशाख, जेष्ठ महिनामा मात्रै घर पुग्ने गर्दछन् । आजभोली पालनका लिने भेडाबाख्रा छोटो दुरीमा पनि विभिन्न स्थानमा बास बस्दै बाजुरा, अछाम पुग्ने गर्दछन् । वर्षमा दुई पटक लेक बेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बेँसी गर्ने उनीहरूको परम्पराजस्तै हो । बैशाख, जेष्ठ महिनामा मात्रै लेक तिर ल्याउने गरिन्छ ।
बोहराले भन्नुभयो, “घरमा बसेर पशु अघाउँदैनन्, त्यसैले लेक बेँसी त गर्न पर्यो, नत्र भेडाबाख्रा भोकले मर्छन्, घामपानी, वर्षा झरी भन्न पाइँदैन, यी सम्पत्तिले हाम्रो घरपरिवार धानेको छ ।” यही व्यवसायले छोराछोरीको पठनपाठन गर्न सकिएको छ ।
वर्षाको सिजनमा हुम्लाका भेडाबाख्रा भोटमा र हिउँद याम चिसोको समयमा माल भन्नाले तराई लिने चलन रहँदै आएको छ । बाजुरा, अछाम, सुर्खेत लगायतका विभिन्न क्षेत्रमा हुम्लाबाट पालनका लागि (पाठा) भेडाबाख्रा पालनका लागि लिने गर्दछन् ।
पालनका लागि लिएका भेडा व्यवसायीले जिल्ला बाहिरबाट खसीमा बोकाएर रातो चामल, मास, अन्य विभिन्न खाने कुरा, घरपरिवारलाइ लत्ताकपडा लगायतका सामग्री ल्याउने गर्दछन् । भने यहाँबाट गहुँ, जौ, उवाबाट बनाइएको लाडु, नुन लगायत लिएर चामलसँग साट्ने चलन रहँदै आएको सिमकोट गाउँपालिका–२ ठेहेका टेक भण्डारीले बताउनुभयो ।
पालनका लागि लिएका भेडाबाख्रा मध्ये पुर्सा भेडाबाख्रामा विभिन्न खाने कुरा बोकाएर ल्याउने चलन रहँदै आएको छ । हिउँदयाममा जिल्ला बाहिर लिएका व्यवसायीलाई (भग्री) भनिन्छ भने पालित्यका लागि मंसिर, पुस, माघ, फागुन, चैत र बैशाख महिला जिल्ला बाहिर बस्दै आउने चलन रहेको छ । यो व्यवसायमा अलि कति दुःख धेरै छ, तर पैसा पनि छ यो व्यवसायमा राम्रो हुने गरेको भण्डारीले बताउनुभयो ।
लामा समदायमा हरायो भेडा व्यवसाय
हुम्लामा सिमकोट गाउँपालिका–३,४ र उत्तरी नाम्खा गाउँपालिकाको पुरै गाउँपालिकामा रहेका लामा बस्तिमा एक दशक अघिसम्म प्रत्येकका घरमा एक सयदेखि दुई सयसम्म भेडाबाख्रा हुने भएपनि पछिल्लो समयमा शून्यमा झरेको छ । पछिल्ला केही वर्षयता लामा समुदायमा यो व्यवसाय शून्य धराप हुँदै गएको छ ।
हुम्लामा विगतका वर्षमा क्षेत्री, बाहुन भन्दा लामा जातीमा भेडाबाख्रा, अन्य पशुवस्तु समेत धेरै हुने गरेपनि अहिले सबै हराउँदै गएको सिमकोट गाउँपालिका–४ का ७४ वर्षिय पामारिक्जिन लामाले बताउनुभयो ।
लामाले भन्नुभयो, लामा वस्ति तथा समुदायमा यो व्यवसाय हराउनुको एक कारण बहुपथी पैथा रहेको छ । पहिला पाँच भाइको एक श्रीमती हुन्थ्यो, अहिले सबै शिक्षीत भए, सबैले एकल आ आफ्नो विशे गर्न थाले । पाँच भाइको एक श्रीमती हुँदा कोही भोट, जान्थे भने कोही व्यापार व्यवसायमा लाग्थे अहिले सबै यो चलन हराएको बताउनुभयो ।
(भग्री) खसी पालनका लागि आफुले कालिकोटको रास्कोट, धनगडी, बाजुराको साफेगर, कर्णालीको चिसापानीसम्म लिने गरेको बताउनुभयो । तराईका विभिन्न जिल्लामा पालनका लिएपछि यहाँबाट चिसो, जाडको सेजो, सातु, गहुँ र पिठोको धुलो विक्रीका लागि लिने गरेको सुनाउनुहुन्छ । त्यहाँबाट चिनारका लागि घरमा गुड, रातो चामल ल्याउने गरेको उहाँको भनाई थियो । अहिले चलन आफ्नो समुदायमा नभएको बताउनुहुन्छ ।
यस्तै वर्षाको समयमा छिमेकी मुलुक ताक्लोकाट पुगेर यहाँको फापर, उहाँ, गहुँ र जौ लगायतका अनाजको पिठो लिएर नुन सँग साट्ने गरिन्थ्यो । ताक्लाकोटबा नुन ल्याएर हुम्लाकै दक्षिण भेगमा रहेका रोडिकोट, दार्मा सर्केगाड, पिप्लाङ, उनापानी, रिप राहदेब लगायतका गाउँमा पुगेर चामल, सिमि लगायतका अनाजसँग (साटफाट) साट्ने गरिन्थ्यो । तर अहिले यी सबै चलन हराउँदै गएको लामाको भनाई छ । नुनसँग साटेर ल्याएपछि मेला पर्व र हिउँदमा खाने चलन रहेपनि अहिले खाद्यको चामल पाउनालेपनि पुरानो यस्ता चलन हराउँदै गएका छन् । हुम्लामा लामा समुदायमा मात्रै भेडाबाख्रा व्यवसाय थियो पहिला अहिले क्षेत्री बाहुनहरुमा छ । हाम्रो हराएको छ ।
त्यतिबेला अछाम, बाजुरा, धनगडी, कर्णाली चिसापानी, कालिकोटको ारस्कोट लगायतका विभिन्न सामुदायिक वनमा पालनका लागि खसी लिएपछि तिरो (कर) तिर्नुपर्ने पनि उहाँले सुनाउनुभयो ।
पाउनै छाड्यो उनका कपडा
भेडा व्यवसायसँगै लामा बस्तीमा उनबाट बनाइएका कपडा पाउनै छोडेको छ । उनीबाट राडीपाखी, काम्लो, उनका जुता, बोख्खु, पटुका, लिउ फेरुवा, जागे, पाइन्ट अहिले घाउँघरमा कमै देखिने गरेको पाइन्छ । पहिला पहिला खसी पालनसँगै उनका कपडा गाउँघरमा प्रसस्त भेटिने गर्थे तर अहिले यि सबै कमै देखिनुका साथै पाउनै मुस्किल हुने गरेको छ । भेडाबाख्रा व्यवसाय हराउँदै गएपछि उनबाट बनाइएका सबै वस्तु हराउँदै गएका छन् । अहिले बजारमा पाउन विभिन्न कपडाको माग बढ्दै गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच