काठमाडौं । दिगो व्यवसाय प्रवद्र्धनमा केन्द्रित प्राइभेट इक्विटी फर्म एनआइबिएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने सम्झौता गरेको छ । साझेदारीले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनालाई थप ऊर्जा दिनुका साथै परियोजनाका लागि आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्न योगदान गर्ने कम्पनीले जनाएको छ ।
एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा रहेको एनआइबिएल इक्विटी पार्टनर्सले नेपालका जलविद्युत् परियोजनाहरूले आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवद्र्धन गर्न राखेको सम्भावनालाई महत्वका साथ लिँदै आएको छ । यो साझेदारीले ऊर्जा सुरक्षामा योगदान पुर्याउँदै ऊर्जा निर्यात सम्भावना बलियो बनाउन सहयोग पुर्याउने एनआइबिएल इक्विटी पार्टनर्सको विश्वास रहेको छ ।
एनआइएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले भन्नुभयो, ‘इलेक्ट्रो पावर कम्पनीसँगको हाम्रो यो साझेदारीले नेपालको ऊर्जा सम्भावनालाई थप उपयोग गर्न सहयोग पु¥याउने छ । यो परियोजना प्राकृतिक विपत्तिको जोखिम न्यून गर्दै ऊर्जा उत्पादनलाई अधिकतम बनाउन डिजाइन गरिएको छ, जसले स्वच्छ ऊर्जा क्षेत्रमा सुरक्षित लगानी गर्ने हाम्रो प्रतिबद्धता कायम राख्ने छ । यो लगानीले नेपालको स्वच्छ ऊर्जा सम्भावना उजागर गर्नुका साथै निजी क्षेत्रको लगानी आकर्षित गरी देशको अर्थतन्त्र र भविष्य ऊर्जा सुरक्षामा सकारात्मक प्रभाव पार्नेमा हामी ढुक्क छौँ ।’ इलेक्ट्रो पावर कम्पनीका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीले भन्नुभयो, ‘यो साझेदारीले निर्माण प्रक्रियालाई तीव्रता दिनुका साथै हाम्रो आत्मबल बढाउनेछ र जलविद्युत् परियोजनाको विकासलाई तीव्र गतिमा अघि बढाउन मद्दत गर्ने छ । यस किसिमका लगानीले नेपालको ऊर्जा क्षेत्रमा परिवर्तन ल्याउन, स्वच्छ ऊर्जा प्रवद्र्धन गर्न र देशको ऊर्जा लक्ष्यलाई सकारात्मक प्रभाव पार्नेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच