काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनु भएको छ ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा समेत गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डले फेसबुकमा लेख्नुभएको छ, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहनुभएका लामिछानेलाई अनुसन्धानका लागि आजै मात्र पोखराबाट काठमाडौं हुँदा वीरगन्ज पुर्याइएको छ ।
लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो ।
उहाँमाथि वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको समेत आरोप छ ।
लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ। यसबीचमा उहाँको भैरहवा, काठमाडौं र चितवनमा बयान लिइएको छ ।
रविमाथि देशका विभिन्न सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप छ । उहाँ गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक एवं शेयर सदस्य हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच