हुम्ला । कर्णाली करिडोर अन्तर्गत सिमकोट–खार्पुनाथ सडक पुन: विवादमा तानिएको छ ।
शनिबार ठेकेदार कम्पनीले सडक खन्ने क्रममा यहाँका स्थानीयले डोजरमाथि तोडफोड गरेको बताइएको छ । सडक निर्माण गरिरहेको डोजर तोडफोड हुँदा झण्डै रु १२ लाख रुपैयाँ बराबरको डोजरमा क्षति भएको निर्माण कम्पनीले जनाएको छ । उक्त डोजर कांग्रेस महासमिति सदस्य अर्जुन महताराको हो । कांग्रेसकै हुम्ला उपसभापति बसन्त रोकायामाथि डोजर तोडफोडको आरोप छ । महताराले सडक खन्न करिब ५ सय मिटर मात्रै बाँकी रहेका बेला जिल्ला उपसभापति रोकायाले डोजरमा ढुंगा प्रहार गरी क्षति पु-याएको उहाँले बताउनुभयो । निर्माण कम्पनीका ठेकेदार महताराले आज सार्वजनिक विदा भएकाले भोलि उपसभापतिविरुद्ध उजुरी दर्ता गर्ने बताउनु भयाे ।
मानसरोवर स्कुलभन्दा तलतिरको मोड नजिकको डिपिआर विनाको निर्माण पक्षले सडक खनेको ओरोप रोकायाको छ । उहाँले भन्नुभयो, डिपिआर नभएको जग्गामा सडक निर्माण हुँदा आफ्नो जग्गा मिचिन नहुने उहाँको भनाई थियो । डिपीआर बन्दा पनि आफ्नो जग्गा मिचिने गरी बनाएको भन्दै उहाँले विरोध गरेको गर्नुभएको थियो ।
यस्तै नेपाली कांग्रेस उपसभापति रोकायाले यो सडक खन्ने क्रममा केही वर्ष अघि पनि विवाद भएको बताउनुभयो । यस अघि निर्माण कम्पनीले डिपिआर विना सडक खन्नुका साथै डिपिआर भएको छ भनेर विलसमेत मिलाएर रकम भुक्तानी गरेको आरोप रोकायाको छ । अब हिल्सा सडक आयोजना र ठेकेदार कम्पनी विरुद्ध आफुले पनि उजुरी दर्ता गर्ने रोकायाले बताउनुभयो ।
डिपिआर विना सडक कार्यालय र ठेहेदारले सडक निर्माणका क्रममा बिल मिलाएर भुक्तानी गरेको विषयमा आफुले अख्तियारमा उजुरी गर्ने रोकायाको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच