जेनेभा । संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनले सन् २०२४ मा चरम मौसम र रेकर्ड तापक्रम ल्याएको भन्दै विश्वलाई ‘विनाशको बाटोबाट’ पछि हट्न आग्रह गरेको छ । राष्ट्रसंघीय मौसम र जलवायु एजेन्सीले एक दशकको अभूतपूर्व गर्मीलाई समेट्दै बिदा हुनलागेको यो वर्ष हालसम्मकै सबैभन्दा तातो वर्षका रूपमा रेकर्ड हुने भएको बताएको छ ।
यसैबीच विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)का अनुसार हरितगृह ग्यासको उत्सर्जन नयाँ रेकर्ड उचाइमा पुगेको छ र यसले भविष्यका लागि अझै बढी गर्मी सुनिश्चित गरेको छ ।
‘मौसमी घटनाहरूको बढ्दो घटना र प्रभावका रूपमा करिब दैनिक रूपमा जलवायु परिवर्तन हाम्रो आँखाअगाडि देखापरिरहेको छ’, डब्लूएमओका महासचिव सेलेस्टे साउलोले भन्नुभयो, ‘यसवर्ष हामीले रेकर्ड तोड्ने वर्षा र बाढीका घटनाहरू र धेरै देशमा भयानक जनधनको क्षति देख्यौं, जसले हरेक महादेशका समुदायलाई हृदयविदारक बनायो ।’
‘उष्णकटिबन्धीय चक्रवातहरूले भयानक मानव र आर्थिक क्षति निम्त्यायो, हालसालै हिन्द महासागरको फ्रान्सेली विदेशी विभाग मायोटमा यस्तै भएको थियो’, उहाँले भन्नुभयो, ‘तीव्र गर्मीले दर्जनौं देशलाई पोल्यो, धेरै अवसरमा तापक्रम ५० डिग्री सेल्सियस (१२२ डिग्री फरेनहाइट) सम्म पुग्यो । डढेलोले विनाश मच्चायो ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच