काठमाडौं । यही पुस २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘कार्साङ’मा आफूले फरक अनुभव गर्न पाएको अभिनेता दयाहाङ राईले बताउनुभएको छ । काठमाडौंमा सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै उहाँले झाँक्री विद्याको अनुभव गर्न पाएको सुनाउनुभयो । झाँक्रीको चरित्र निभाउने क्रममा आफूले आगोमा नाच्ने अवसर पाएको उहाँको भनाइ थियो । ‘झाँक्रीले मन्त्र पढेर आगोको कोइलाको ताप मारेपछि पोल्दोरहेनछ’, उहाँले भन्नुभयो, ‘सुरुमा त डर लागेको थियो । निर्देशकले पनि केही हुँदैन भन्नु भएको थियो । तर, डर लागे पनि पोलेन । त्यसपछि झाँक्री विद्या अन्धविश्वासमात्रै भनेर भनिए पनि केही न केही शक्ति हुँदोरहेछ भन्ने लाग्यो ।’
चलचित्रका अर्का अभिनेता जितु नेपालले आफूले पाएको जिम्मेवारी मिहिनेत गरेर निभाउने प्रयास गरेको सुनाउनुभयो । आफूलाई सहायक भूमिका गर्न समस्या नरहेको भन्दै भन्नुभयो, ‘केन्द्रीय भूमिका पनि गर्न तयार छु, सहायक भूमिकामा गर्दिनँ भन्ने छैन ।’
निर्देशक यम शेर्पाले शेर्पा समुदायको कथामा बने पनि ‘कार्साङ’ले सबै दर्शकलाई कनेक्ट गर्ने जिकिर गर्नुभयो । विषयवस्तु र अभिनयका हिसाबले अब्बल रहेको उहाँको दाबी थियो ।
चलचित्रमा दयाहाङ र जितुसँगै सिर्जना निलेंखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा हृयोल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुनुहुन्छ भने सह-निर्मातामा गोविन्द बोहरा र कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच