पुस २८ गतेदेखि आठौं म्याग्दी महोत्सव

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । म्याग्दी सरदमुकाम बेनीमा यही पुस २८ गतेदेखि सुरुहुने आठौँ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, व्यापार र माघेसंक्रान्ति मेलाको तयारी सुरु भएको छ ।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रि वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले जिल्लामा उत्पादन भएका बस्तु तथा सामाग्रीलाई विक्रि वितरण तथा प्रचार प्रसारका लागि प्रदर्शनीमा राख्न निशुल्क स्टलको व्यवस्था गरेको आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविक श्रेष्ठले बताउनुभयो । पुस १६ गतेसम्म दुईसय ५० वटा स्टल बुक भइसकेका उहाँले जानकारी दिनुभयो ।

“महोत्सवको मुख्य उद्देश्य नै स्थानीय उत्पादनको व्यापार प्रवद्र्धन र प्रचार प्रसारमा सघाउनु हो” अध्यक्ष श्रेष्ठले भन्नुभयो “त्यसका लागि हामीले स्थानीय उत्पादनहरुको विक्री तथा पर्दशनीका लागि निशुल्क स्टलको व्यवस्था गरेका छौँ।”

स्थानीय तहहरुले समेत आ-आफ्नो पालिकाभित्रको सम्भावनाको उजागर हुने बस्तु तथा सामाग्रीलाई प्रदर्शनीमा राख्ने तयारी गरेका छन् । बढी भन्दा बढी जिल्लाभित्रको उत्पादनको विक्रि तथा प्रचार प्रसार गर्ने महोत्सवको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

महोसत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तरािष्ट्रय स्तरमा ख्यातीप्राप्त व्यक्तिहरुलाई सम्मान गरिने छ । महोत्सवमा खुल्ला लोकदोहोरी गीत, गण्डकी प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेश भित्रका वडा स्तरीय बास्केटबल प्रतियोगिता, व्याडमिण्टनलगायतका खेलकुद तथा खुल्ला रत्यौली, भजन, पुर्ख्याैली नाच, म्याग्दी आइडल, एकल लोकनृत्यलगायतका साँस्कृतिक प्रतियोगितालाई समावेश गरिएको छ ।

१० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको महोत्सवमा रु एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्च भएर रु पाँच लाख १० हजार ८६ बचत गर्ने लक्ष्य लिएको संघका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विभिन्न ३७ वटा उपसमिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?