काठमाडौं । कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी कायम गरी प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सहितका अभियुक्तहरूमाथि न्यायिक प्रक्रिया जारी रहेका बेला यता बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलनकाे पनि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको हो । सो मुद्दामा ४४ जनालाई प्रतिवादी कायम गरी प्रतिवेदन बुझाएको बुझिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, जिबी राई, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल लगायतविरूद्ध पनि मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ।
उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावीसहितको प्रतिवेदन बुझाएको हो। उक्त सहकारी ठगी प्रकरणमा ६९० जनाले ९३ वटा जाहेर दिएका छन्।
सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरु लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारीका कोषाध्यक्ष कुमार रम्तेललगायत ५ जना अहिले थुनामा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच