काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने सुझाव दिनुभएको छ । राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न उहाँको सुझाव दिनुभयो ।
शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्धारा लिखित ‘आमा,सपना र ताराहरु’ कृति विमोचन कार्यक्रममा बोल्दै महान्त्री शर्माले पूर्वराष्ट्रपति भण्डारी अब राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको नायक बन्नुपर्नेमा जोड दिनुभयो ।
‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,’ शर्माले भन्नुभयाे ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति –विद्यादेवी भण्डारी र डा रामवरण यादवहरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु’ ।
नेकपा एमालेकाे तत्कालीन उपाध्यक्ष रहनु भएको भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएपछि फेरि सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच