हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको दशौं गाउँसभा जिल्ला समन्वय समितिको सभा हलमा शुक्रबार सम्पन्न भएको छ ।
गाउँपलिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को अध्यक्षतामा सभा सञ्चालन भएको दशौँ गाउँसभामा आर्थिक वर्ष २०८१/०८२ को साउन यतादेखि हालसम्मको प्रगति प्रस्तुत गरिएको थियो । केही ऐन नीति र कार्यविधिका साथै निर्देशिका समेत सभाबाट पारित भएको थियो । लेखा समितिका संयोजक कल्पना लामाले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । विद्यान समितिका कान्सो लामाले सातवटा ऐन विधान र कार्यविधि सभामा पेश गर्नुभएको थियो । सभामा सहभागीहरुले पास समेत गर्नुभएको थियो ।
संयोजक लामाले पाँचवटा कार्यविधि र दुई ऐन सभामा पेश गर्नुभएको थियो । जसमा मर्याधित महिनावारी कार्यविधि, खानेपानी तथा सरसफाइ योजना मर्मत सम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, अन्तिम संस्कार व्यवस्थापन सम्बन्धि कार्यविधि, परम्परागत उपचारका लागि सुचिकरण मापदण्ड कार्यविधि, कृषि तथा पशुपन्छि र्फम दर्ता कार्यविधि संक्षिप्त वातावरण अध्ययन तथा परामर्श वातावरणीय परीक्षण कार्यविधि रहेका छन् भने दुई वटा ऐन जसमा जनप्रतिनिधि कर्मचारी स्वास्थ्य उपचार कल्याण सञ्चालन ऐन् र परम्परागत उपचार पद्धति सेवा संरक्षण तथा व्यवस्थापन सम्बन्धि बनेका ऐन लामा सभामा पेश गरेपछि पास भएको हो ।
यस्तै सभाका सदस्य सचिव तथा गाउँपालिकाका निमित्त प्र्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले आर्थिक वर्ष २०८१/०८२ बजे प्रस्तुत गर्नुभएको थियो । सिमकोट गाउँपालिकामा कुल बजेट ५३ करोड, ३२ लाख, ३५ हजार, एक सय, दश रुपैयाँ, १९ पैसाको हालसम्म २५ प्रतिशत खर्च भएको सभामा प्रस्तुत गर्नुभएको थियो । अब भुक्तानिदेखि खर्च बढाउने बताउनुभयो । साथै २०७३/०७४ देखि आर्थिक वर्ष २०८०÷०८१ सम्म नौ करोड, तीन लाख, ७४ हजार, ६ सय, ३१ रुपैयाँ बेरुजु भएको बताउनुभयो ।
शुक्रबार भएको दशौँ गाउँसभामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई वडा एकदेखि आठसम्मका वडासदस्यहरुले सबैले मत पाएर निर्वाचित भएको तीन वर्ष हुँदा सदस्यको अधिकार केही नपाएको गुनासो पोखेका थिए । दलित, महिला, बाटोघाटो लगायतका विषयमा समेत अध्यक्ष, उपाध्यक्षलाई गुनासो पोखेका थिए ।
गाउँसभामा वडा सदस्यहरुले पोखेको गुनासोको सम्बोधन गरेको गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम)ले बताउनुभयो । वडा एकदेखि आठसम्म विभिन्न भौतिक संरचना निर्माण गर्नुका साथै शिक्षा, स्वास्थ्य, कृषि, दलित लगायतका क्षेत्रमा राम्रो काम गर्दै आएको बताउनुभयो ।
दशौँ गाउँसभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले समृद्ध सिमकोट गाउँपालिका बनाउनका लागि वडाध्यक्ष, वडासदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । चिर्वाचीत भएको तीन वर्ष पुग्न लाग्दा सिमकोटको विकासका लागि सबै जनप्रतिनिधिको साथ पाएको र आगामी दिनमा अझै राम्रा कामका लागि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
शुक्रबार भएको दशौँ गाउँसभामा एकदेखि आठ वडासम्मका वडाध्यक्ष, वडासदस्य लगायतको उपस्थित रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच