माघे सङ्क्रान्ति पर्वको आगमनसँगै तरुल, सखरखण्ड र पिँडालुकाे ब्यापार बढ्याे (तस्बिरहरु)

काठमाडाैं । माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुकाे बजार शुरु भएको छ ।

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ ।

अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा वन तरुल प्रति ढाक ४५० रुपैयाँ, सिमल तरुल २५०, नीलो तरुल ४००, सखरखण्ड ४००, आकासे तरुल ५०० र घर तरुल ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरु तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि ध्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?