पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु, ३ जना घाइते

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बाँके । पिक अप गाडी घरभित्र पस्दा एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगर पालिका वार्ड न १२ बेलासपुरमा पिकअप गाडी अनियन्त्रित भई घरभित्र पस्दा ६ वर्षीय दृश्यसिंह बुढाथोकीको मृत्यु भएको हाे ।

३ जना घाइतेको नर्सिङहोममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले जानकारी दिनु भयो ।

गाडीको ठक्करबाट ४३ वर्षीय संजय सिलवाल, ८ वर्षीय सन्जिव सिलवाल र ११ वर्षीया सृष्टि गौतम घाइते भएका छन् । बेलासपुर गाउँको मोडमा रहेको एक घरबाट सामान लोड गरेर फर्किने क्रममा भे १ च ३८९५ नम्बरको गाडी घरभित्र पस्दा आँगनमा खेलिरहेका बालकको घटनास्थलमै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?