
झापा । झापाको काँकडभिट्टामा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तरगत आइतबारको खेलमा झापा एफसी चर्च ब्याइज युनाइटेडसँग पराजित भएको छ ।
नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसी लिगलिडर चर्च ब्याइजसँग सडनडेथमा पराजित भएको हो । जीतसँगै चर्ज ब्याइज सेमिफाइनल प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएएपछि निर्णयका लागि टाइब्रेकरको सहायता लिइएको थियो । टाइब्रेकरमा पनि ४–४ गोल भएपछि सडनडेथमार्फत खेलको निर्णय भएको थियो । सडनडेथमा चर्च ब्याइजका गोलरक्षक टिकेन्द्र थापाले गोल गरे । झापा एफसीका धिरज विष्टको प्रहार गोलरक्षक थापाले रोकेका थिए ।
टाइब्रेकरमा चर्च ब्याइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गरे । सुरज ठकुरीको प्रहार झापाका गोलरक्षक कृशल मोक्तानले रोकेका थिए । झापाका रोशन पहारी, प्रवीण बस्नेत, बाफोर र गौरब धिमालले गोल गरे । अभिनास स्याङ्तानको प्रहार बाहिरिएको थियो ।
खेलको ६९ औँ मिनेटमा चर्च ब्याइजका विदेशी खेलाडी रिचार्डले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ९० औँ मिनेटमा झापाका कप्तान श्याम मुर्मूले गोल गर्दै टिमलाई बराबरीमा पुर्याएका थिए ।
खेलको प्लेयर अफ द म्याच चर्च ब्याइजका टिकेन्द्र थापा भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । सोमबारको खेल धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको सहित आठ टिम सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच