
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरु मानसिक रुपमा ठिक नभएको टिप्पणी गर्नुभएको हो । अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव नभएको बताउनु भयो । गणतन्त्रवादी दलहरुले राजामा भुत देखेका कारण फोटो देखेपनि तर्सिने गरेको उहाँको भनाइ छ । उहाँले आफूहरु स्पष्ट रुपमा अभिभावकको रुपमा राजसंस्था राख्ने एजेण्डा बोकेको कारण फोटो खिच्दैमा नतर्सिन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राजामा किन भुत देख्नुहुन्छ तपाईंहरुले ? कसैले फोटो खिच्दैमा यस्तो भन्न मिल्दैन । म राजासंस्था हुनुपर्छ भन्ने मान्छे हो यसमा दुईमत नै छैन । मेरा छोराछोरिलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर मरेपछि जेसुकै गर भन्छु । त्यसकारण मैले बुझेको त्यो संस्थाबाट यो काम हुँदैन । यहाँ मान्छेहरुले भनेका छन् २०१७ पछिको राजसंस्था । त्यस्तो होइन हामी त राजसंस्थालाई अभिभावकको रुपमा राखौं भन्ने एजेण्डा बोकेर हिँडेको मान्छे हो नि । ०१७ सालको राजसंस्था कसैले सोच्छ भने त्यो बौलाहा हो ।’
उहाँले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच