सर्लाही । सर्लाहीको बयलवासमा आयोजित दनुवार जागरण समितिको पाँचौँँ राष्ट्रिय अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । १९ सदस्यीय कार्य समितिमा अध्यक्ष मतदानबाट टुंग्याइएको भने अन्य पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्षमा सहमती जुट्न नसकेपछि आज बिहान मतदान भयो । मतदानमा १२१ मत प्राप्त गरी मोरङका रामकुमार सिंह दनुवार विजयी हुनुभएको छ ।
अध्यक्षका अन्य उम्मेदवार विजयकुमार राय दनुवारले ९१, रामप्रसाद अधिकारी दनुवारले ४ र राजेन्द्रप्रसाद सिंहले २ मत मात्रै प्राप्त गर्नुभयो ।
यस्तै, समितिको पुरुष उपाध्यक्षमा सुरेन्द्रकुमार सिंह दनुवार र महिला उपाध्यक्षमा शान्तिकुमारी दनुवार, महासचिवमा चेतनारायण सिंह दनुवार, पुरुष सचिवमा शिवकुमार सिंह र महिला सचिवमा पुष्पा धामी दनुवार र कोषाध्यक्ष राजकुमार सिंहलगायत अन्य सदस्य सर्वसम्मत चयन हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच