बारा । बारा २ को पछिल्लो मत परिणाम अनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले चार सय ५८ प्राप्त गर्नुभएको छ । जनमत पार्टीका शिवचन्द्र कुश्वाहाले तीन सय ६० र एमालेका पुरुषोत्तम पौडेलले तीन सय १७ मत प्राप्त गर्नु भएको छ ।
मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नं २ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मत खसेको थियो ।
महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच