पाल्पा । भारतबाट घुम्न आएकी एक विद्यार्थीको फोटो खिच्ने क्रममा तिनाउ खोलामा डुुबेर मृत्यु भएको छ । मंगलबार साढे एक बजेको समयमा भारतको उत्तर प्रदेश मगहरकाजिपुरकी २० वर्षीया शाहिस्ता प्रविनको पाल्पाको तिनाउ गाउँपालिका– ३ तिनाउ खोला स्थित ड्याममा डुुबेर मृत्यु भएको हो ।
विद्यालयबाट शिक्षक सहित २०/२५ जनाको संख्यामा घुम्न आएकी प्रविन फोटो खिच्ने क्रममा अचानक चिप्लिन गई खोलामा डुबेकी थिइन् ।
उनको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीषक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । आजै विहान रुपन्देहीबाट पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको पनि भुतखोलमा डुबेर मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच