कमेडियन हिमेश पन्तले किन खाइरहेका छन् गाली ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पछिल्लो पटक कमेडियन हिमेश पन्तलाई सामाजिक सञ्जालमा निकै नै गाली गर्ने गरिएको छ । केही दिन अघि श्रीमानले आफ्नी श्रीमति कुटेको भिडियो भाइरहल भएको यिथो । सामाजिक प्रयोगकर्ताहरुले श्रीमति कुट्ने वास्तविक हिमेश पन्त को हुन भनेर छुट्याउन नसक्दा हिमेश पन्तले एकोहोरो गाली खाइरहेका छन् ।

नाम जुँधेको भरमा पत्रकार हिमेश पन्तले रक्सी खाएर श्रीमतिलाई हातपात गरेको उक्त भिडियोमा देख्न सकिन्छ । तर, सामाजिक प्रयोगकर्ताहरु भने श्रीमति कुट्ने कमेडियन हिमेश नै होला भनेर पत्याउँदै उनलाई गाली गरिरहेका छन् ।

‘हिमेश’ नामका एक जना पत्रकारकी श्रीमतीले आफूलाई श्रीमानले कुटेको भन्दै सामाजिक सञ्जालमा लाईभ आएपछि पन्तलाई धेरैले गाली गर्दै म्यासेज गरेका छन् ।

आफूलाई धेरैको गाली आएपछि उनले यो विषयमा स्पष्टीकरणनै दिनु परेको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिमेश नाम गरेको एकजना पत्रकारले श्रीमती कुटेको भन्ने भिडियो क्लिप बाहिरिएको रहेछ। हिजो देखी मेरो इनबक्समा गालीका मेसेजहरु आईरहेका छन्। म स्पष्ट पार्न चाहन्छु कि, पहिलो कुरा त मेरो बिहे नै भएको छैन। दोस्रो कुरा म कुनैपनि घरेलु हिंसालाई समर्थन गर्दिन। धन्यवाद।’ एजेन्सीको सहयोगमा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?