काठमाडौं । समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघले समृद्धि यू-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको शुभारम्भ गरेको छ । प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको हो ।
पुरुषमा २० तथा महिलामा पाँच टिमको सहभागिता रहने राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक एवं प्रतियोगिता संयोजक विकास शाहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । पुरुष टिमलाई आठ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । महिलाको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ ।
दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन् । पुरुष/महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ । फाइनल पुस १० गते हुनेछ ।
एडुक्वेस्ट नेपालको सहयोगमा हुन लागेको प्रतियोगिता सञ्चालन गर्न करिब आठ लाख खर्च हुने आयोजकले जनाएको छ । नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले कोभिडपछि बास्केटबलको गतिविधिले विस्तारै लय समातेको बताउँदै संघले विशेष गरी उमेर समूहको प्रतियोगितालाई जोड दिएको बताउनुभयो ।
समृद्धिका अध्यक्ष मनोहरकुमार भट्टराईले समृद्धिले खेलकुदलाई प्राथमिकता दिएकै कारण बास्केटबल प्रतियोगिता आयोजनामा सहकार्य गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच